नियम १११
लगत भिडाउने
अदालतमा कुनै लिखत दर्ता गर्न ल्याउने पक्षवा निजको वारिसको नाउँमा अदालतबाट लागेको कैद, दण्ड, जरिबाना, आदेशले बाँकी रहेको कोर्टफी वा अदालती शुल्क र सरकारी बिगो बाँकी छ, छैन सो सम्बन्धमा तहसिल शाखाले हेरी भिडाई सो दर्ता गर्न ल्याएको लिखतको पीठमा लेखी प्रमाणित गरी दिनु पर्नेछ ।